निर्णायक भनिएको रास्वपाको बैठक सुरु

निर्णायक भनिएको रास्वपाको बैठक सुरु


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक बसेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन्। साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्।