मेलबर्न, अस्ट्रेलिया ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेब्रुअरी ११ तारिख शनिवार कोमनवेल्थ पार्कमा गैर आवासीय नेपाली संघ (एनआरएनए) आयोजना गरेको ‘नेपाल फेस्टिभल २०२३’ को तयारी लगभग सकिएको छ ।
अस्ट्रेलिया नेपाली मौलिकताको प्रबद्र्धन गर्ने उद्देश्य राखेर एनआरएनए अस्ट्रेलियाले विभिन्न राज्यहरूमा आयोजना गर्दै आएको छ । नेपाल फेस्टिभलको तयारीका कामहरू लगभग सकिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य संयोजक अशोक बस्नेतले जानकारी दिए ।
बिहान साढे १० बजेबाट परेड सुरु हुने संयोजक बस्नेतले बताए। उनले परेडमा सहभागीताका लागि अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थालाई समेत पत्राचार गरिएको बताए । एनआरएनए अस्ट्रेलियाले अहिले प्रचार-प्रसार र अतिथि निमन्त्रणाको कामलाई तीव्रता दिएको छ । प्रचार प्रसारमा सार्वजनिक बसदेखि स्थानीय सञ्चार माध्यमको प्रयोग गरिएको छ ।
फेस्टिभलमा १० हजार बढी दर्शकहरु सहभागी हुने आयोजकको अनुमान छ । फेस्टिभलमा क्यानबेराको अलवा एनएसडब्लु ,भिक्टोरिया ,साउथ अस्ट्रेलिया लगायत राज्यबाट नेपाली र विदेशी पाहुनाहरूको सहभागिता रहनेछ । कार्यक्रममा भ्वाईस अफ नेपालको टिम गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगी बर्षा हितानी आरिफ रफले फेस्टिभलमा सांगीतिक प्रस्तुति दिनेछन् ।
नेपाल फेस्टिभल क्यानबेराको इभेन्ट पार्टनरको रूपमा सक्सेस एजुकेसन एण्ड भिषा सर्भिसेज, प्लाटिनम पार्टनरको रूपमा एबिएच होम, ईलुस्टारटेड पोर्पटीज, क्राउन ईन्स्टिच्युट अफ हाईली एजुशेकन, ग्रेस ईनटरनेशनल, युनिभर्सिटी अफ क्यानबेरा, एक्पर्ट एजुकेसन र राईट्स एण्ड एशोसियट्स रहेका छन् ।
प्रतिक्रिया