डोटीबाट आले निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन्। उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गरेकी छन्।