काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ। दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत…