विमान दुर्घटनाः सेती खोँचमा अस्ताए एकै परिवारका चार सदस्य

काठमाडौँ । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौंमा छोरासँग बस्दै आएकी थिइन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिइन् । बाबाको जन्मघर, गाउँ घुुम्न जान…