काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा सोमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण सोमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ । माहाशाखाका अनुसार सोमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले…