काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको बताएका हुन् । राजनीतिक समीकरण फेरबदल हुन लागेको हो ? भन्ने संचारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘होइन, होइन त्यस्तो केही हुँदैन।’…