नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन्। बिहीबार दिउँसो हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटवार्तासँगै हैदरवाद हाउसमै प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए। उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ। जसको पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले जानकारी दिए।…