काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ। आइतबार निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो। नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए। सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई…