काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलीबाट सुरु हुदैँछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन। बैठक भोली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।