काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताएका छन्। बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताए । सांसद दाहालले सरकार अंक गणितले बन्ने र…