काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ५६ पैसा रहेको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया