सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन

काठमाडौँ । सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबीचको सोमबारको बैठकमा समसामायिक राजनीतिको विषयमा छलफल भएको थियो। छलफलका क्रममा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन आयोग…