काठमाडौं । इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बुधवार राति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ। यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए। बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित…