एक जना मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

काठमाडौँ । सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएको छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो। परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा…