देउवासँगको भेटपछि नेकपा एसका नेताहरु आलोकनगरमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा सुरु भएको छ। नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बोलाइएको बैठकले सरकारमा एस सहभागी हुन्छ कि हुँदैन भन्ने टुंगो लगाउनेछ। नेपाललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारबाटै निरन्तर अनुरोध गरिरहेका छन्।…