राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा प्रतिष्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन्।…