भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे


काठमाडौं ।

भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन्। सपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज (सोमबार) साँझ स्वदेश फर्कने तालिका छ।