काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सहमति हुनुपर्ने बताए। “एकदम राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा,” ओलीले भने, “नेकपा (एमाले)ले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ।” उनले नेपाली कांग्रेसका क्रियाकलापले अशुभ संकेत गरेको…