काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । सो पार्टीको आज बसेको बैठकले, सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछिको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले, बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर…