दशौँ पटक मन्त्रिपरिषद् विस्तार : कांग्रेसका आचार्यलाई महिला मन्त्रालयको जिम्मेवारी, यादव खानेपानीमा सरुवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले,दशौँ पटकमन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले आइतबार नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हुन् । आचार्यले आजै राष्ट्रपतिको कार्यालय शीतल निवास आइतवार मध्यान्ह शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख…