काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन्। ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन्। विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित…