गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताएका छन्। गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने जानकारी दिए। “कोही निर्दोष पस्ने काम हुँदैन”, उनले भने, “तर कोही दोषी र अपराधीलाई छोड्ने…