एमालेले प्रतिनिधिसभा तर्फ एक सिट थप्यो, धनुषा-४ मा रघुवीर महासेठ विजयी

मंसिर १३, काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गरेका हुन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन्। महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२…