विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं। मोरक्कोलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ। कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो। फ्रान्सका लागि खेलको पाचौँ मिनेटमा थिओ फर्नान्डेजले गोल गरेर अग्रता दिलाएका थिए। यस्तै ७९ मिनेटमा रान्डल कोनो मुआनीले गोल गरेर अग्रता दोब्बर बनाए। फ्रान्सले अब उपाधिको लागि आइतबार…