काठमाडौँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो। यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे। अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित। तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन।…