काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको हो। भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्। योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने…