काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, टिकटकमाथिको प्रतिवन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबैदलको सहमतिमा गरिएको दाबी गरेका छन्। नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन्। ‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको…