काठमाडौं ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले शीर्ष स्थानमा ४ अंकको अग्रता लिएको छ। शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अंक लिएपछि शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको हो।
पीएसजीको जीतमा गोनकालो रामोसले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। २२ औं मिनेटमा मोनाकोका लागि टाकोमी मिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
३९ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए। पहिलो हाफ २–१ मा सकिएको थियो। खेलको ७० औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराएका थिए। तर, ७५ औं मिनेटमा फोर्लिन वोलोगनले गोल गरेपछि मोनाकाले अन्तर ४–२ झारेको थियो।
दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा रानडाल मुनाइले गोल गरेपछि पीएसजी अन्ततः ५–२ को फराकिलो अन्तरले जित निकाल्न सफल भयो।
जितपछि शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३० अंक बनाएको छ भने दोस्रो स्थनमा रहेको नाइसले १२ खेलबाट २६ अंक बनाएको छ। पीएसजीसँग पराजित भएको मोनाको भने १३ खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ।
प्रतिक्रिया