नयाँ वर्षको जेठो दिन

काठमाडौं । विक्रम संवत् २०८१ वैशाख १ गते आज नयाँ वर्षको पहिलो दिन। आजबाट सूर्यले मीन राशिको समय पूरा गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् वर्षको जेठो (पहिलो) दिन हो। नेपालभर र बाहिर रहेका सबै नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको पहिलो दिन हर्ष,र खुशीसाटासाट गरी मनाइँदैछ। सूर्यको गतिसँग चल्ने…