कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न

वैशाख १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा…