काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ। मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका छन्। आज पनि सो बहसले निरन्तरता पाउने…