मेलबर्न अष्ट्रेलिया। अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गर्ने भएको छ। पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ। अष्ट्रेलियाको अध्यागमन विभागले गत हप्ता घोषणा गरेझैं यो नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको प्रमुख प्रतिबद्धता हो। यसलाई कार्यान्वयन गर्न थालिएको छ।…