काठमाडौँ । विराटनगर–५ स्थित चाँदनी चोक तीनकुनेमा रहेको को–पाइलट अन्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२ सवार थिए । विमानकी को–पाइलट अन्जुको पनि सोही दुर्घटनामा परेर निधन भएको थियो । को–पाइलट…