नेपाल प्रहरीको महानिरीक्षक बने कार्की, साढे दुई वर्ष कार्यकाल

काठमाडौं । नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका कार्कीलाई वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी…