काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएको छ। बुधबार राति भण्डारीको निवास बुद्धनगरमा ग्यास विष्फोट हुँदा ८६ वर्षिया आमा हरिकलासँगै नेता भण्डारी घाइते भएका हुन् । घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । राति अस्पताल…