काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लागेको सचिवालयले जानकारी दिएको छ । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं आएका पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।