काठमाडौँ । निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ। तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन्। गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका…