काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो । नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक…