काठमाडौँ ।
कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले यूएईको राजधानी अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् ।
विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाल बिग टिकटका प्रतिनिधिबाट यो चिठ्ठा परेको हो ।
ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।

प्रतिक्रिया