‘नेपाल फेष्टिभल मनाउन नोभेम्बर १९ सिड्नीको बरउड पार्क एकजना विदेशी साथी लिएर आउनुहोला’

‘नेपाल फेष्टिभल मनाउन नोभेम्बर १९ सिड्नीको बरउड पार्क एकजना विदेशी साथी लिएर आउनुहोला’

नेपाल फेष्टिभल : अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको मान्यतालाई टेवा दिन्छ



एनआरएन अष्ट्रेलियाले यहाँका विभिन्न शहरहरुमा हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्ने नेपाल फेष्टिभल अन्तर्गत नोभेम्बर १९ मा सिड्नीमा नेपाल फेष्टिभल आयोजना गर्दैछ । यस पटकको नेपाल फेष्टिभलको तयारी चलिरहँदा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुङसँग हामीले अहिलेसम्मको तयारी र कार्यक्रमका दिन हुने गतिविधिमा केन्द्रित रही छोटो कुराकानी गरेका छौं । कुराकानीको सम्पादित अंश –

नेपाल फेष्टिभलको तयारी कहाँ पुगेको छ ? अष्ट्रेलियाको बहुसांस्कृतिक समूदायमा यसको महत्वबारे तपाईं के भन्नुहुन्छ ?

नेपाल फेष्टिभल अष्ट्रेलियामा बस्ने नेपाली डायस्पोराले आफ्नो मातृभूमिको लागि सुरु गरेको एक गौरवगर्न लगायक कार्यक्रम हो । नेपाल फेष्टिभलको ईतिहास हेर्ने हो भने सन् २००६ देखि हामीले सिड्नीमा यो कार्यक्रम सुरु गरेका थियौं । अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा मात्र नभएर विश्वका विभिन्न देशमा समेत नेपाल फेष्टिभल आयोजना हुने गर्दछ । यो गौरव गर्न लायक विषय हो किनकि यसको सुरुवात अष्ट्रेलियाबाट नै भएको हो । नेपाल फेष्टिभलले सांस्कृतिक अथवा पर्यटकीय जुनसुकै हिसावले पनि विदेशीलाई नेपालको बारेमा चिनाउन पाउने ठूलो अवसर मिल्ने गर्दछ। नेपाल फेष्टिभल नेपालीको परिचयको साथै आफ्नो भाषा संस्कृति, नेपाली खाना, नेपाली संगीतको प्रवर्द्धन गर्ने र आउँदो नयाँ पुस्ताहरुलाई पनि आफ्नो पहिचान के हो भन्ने बारे जानकारी दिनमा विशेष भूमिका खेल्ने कार्यक्रम भएको सबैलाई विदितै विषय हो । यस पटक हामीले बरउड पार्कमा नोभेम्बर १९ मा नेपाल फेष्टिभल गर्दैछौं । यसको तयारी तिव्र गतिमा अघि बढेको छ । समूदायका सबैजनाले निकै उत्साहका साथ सहयोग गर्नुभएको छ ।

विगतमा भन्दा यस पटक के अर्थमा फरक हुनेछ नेपाल फेष्टिभल सिड्नी ?

हाम्रो उद्देश्य हरेक पटक उही भएपनि समय परिस्थिति र स्थान अनुसार फरक र परिमार्जित रुपमा प्रस्तुति दिने गरेका छौं । यस पटक हामीले बरउड पार्कमा कार्यक्रम गर्दैछौं यहाँ नेपालीहरु एकजुट हुनुका साथै नेपालीको घना वस्तीबाट नजिक रहेको क्षेत्र पनि हो । कार्यक्रम मल्टिकल्चरल भएको हुँदा यस पटक स्थानीय कलाकारहरुको पनि उल्लेख्य उपस्थिति रहनेछ । यसले गर्दा नेपाल प्रबद्र्धन गर्ने प्रयासमा कोषेढुंगा हुने अपेक्षा छ । नेपालीहरु त सबै सहभागी हुनुहुनेछ यसका साथै धेरै नै विदेशीलाई पनि कार्यक्रममा आकर्षण गर्न सकिने कुरामा पनि हामी ढुक्क छौं । हाम्रो अपेक्षा यस पटक बढीभन्दा बढी विदेशी नागरिक या भनौं स्थानीय अष्ट्रेलियनहरु कार्यक्रममा आउनुहुनेछ भन्ने नै हो ।

नेपाली समूदाय अष्ट्रेलियामा सबैभन्दा तिव्र गतिमा फैलिरहेको समूदाय भन्ने गरिन्छ । उनीहरुको मौलिकतालाई जोगाउन स्वयं अष्ट्रेलियन सरकारले पनि उत्साहित र प्रोत्साहित गर्ने गर्दछ । नेपाल फेष्टिभलले यसमा कत्तिको सहयोग गर्ला ?

अहिलेको विश्व निकै साँघुरो भइसक्यो । मानिसको हातमा सबै सूचना र जानकारी रहन्छन् । मोबाइलमा अहिले नै खोज्ने वित्तिकै नेपाल के हो यसका भाषा, संस्कृति परम्परा सबैको जानकारी आइपुग्छ । तर, कुनैपनि व्यक्तिलाई यी कुरामा आकर्षित गर्न उसले केही न केही वरिपरि देखेको हुनुपर्छ । मेरो विचारमा नेपाल फेष्टिभलका क्रममा जुन गतिविधिहरु यहाँ भइरहेका छन् तिनले अष्ट्रेलियाको समूदायलाई नेपालप्रति आकर्षित गर्नेछ । के रहेछ भनेर कौतुहलता निर्माण गर्नेछ ।

मन मगन भएर दिपक बज्राचार्य र उहाँको व्याण्डसँग झुम्ने मात्र होइन दिनभरि नै हुने विविध सांस्कृतिक प्रस्तुतिमा रम्न अनि नेपाली स्वादिलो खानाका परिकारहरुको मज्जा लिन पनि तपाईं आफ्नो अष्ट्रेलियन साथीलाई लिएर नेपाल फेष्टिभल सिड्नीमा आइदिनु होला । अहिलेका चर्चित गायक प्रकाश सपुतले पनि हामीलाई लोक दोहोरी गीतको माध्यमबाट मनोरञ्जन दिनेछन् । हामी तपाईंहरुलाई स्वागत गर्न आतुर छौं ।

– Deb bahadur Gurung – NRNA AUSTRALIA VP / NSW Coordinator

यो कौतुहलता मेटाउन उनीहरु नेपाल फेष्टिभलमा आउनेछन् र नेपालको बारेमा सकारात्मक विचार लिएर फर्कनेछन् भन्ने धारणा हो । नेपाली मौलिक संस्कृति अनि गीत संगीतले पक्कै पनि उनीहरुलाई मनोरञ्जन दिनुका साथै एउटा फरक स्वाद पनि प्रदान गर्नेछ । हामीले नेपालबाट नै चर्चित कलाकारहरुलाई निमन्त्रणा गरेका हुन्छौँ। उनीहरुले नेपाली बाजा बजाउँछन् । नेपाली संगीतको स्वाद यहाँ पस्कनेछन् ।

यसो गर्दा अरुको समुदायको बारेमा आफूले चिन्ने मौका पाउनुको साथै आफ्नो नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउँछौं। कुनै निश्चित समयमा समग्र नेपाल र नेपालीलाई प्रतिनिधित्व गराउने महा उत्सव नै नेपाल फेस्टिबल हो जस्तो लाग्छ मलाई।

नेपाल नै आफैं बहुसांस्कृतिक मुलुक हो । त्यहाँ विभिन्न जात जाति भाषा भाषी मिलेर बसेका छन् । अष्ट्रेलिया पनि बहुसांस्कृतिक मान्यतालाई अनुशरण गर्ने राष्ट्र हो । तपाईंहरुको यस पटकको नारा हेर्दा यही विषयमा जोड दिइएको जस्तो लाग्छ । केही भन्नुहुन्छ ?

हाम्रो यस पटकको कार्यक्रमका ट्यागलाईन अथवा स्लोगन “वान कन्ट्री मेनि स्टोरीज हो । सम्पूर्ण नेपालीहरु अष्ट्रेलियामा रहेर पनि आफ्नो मौलिकपनलाई जोगाइरहेका छन्। अष्ट्रेलियामा पनि नेपालीहरुले आफ्नो छुट्टै पहिचान खडा गरिसकेको छ। जसले गर्दा नेपाली समुदाय पनि परिपक्व हुँदै गएको छ। यहाँ विभिन्न जातजातिका, वेषभूषाका मानिसहरु वसोवास गरेका हुन्छन र उनीहरुको आफ्नो रीतिरिवाज, रहनसहन पनि अघि बढाइरहेका छन् । तपाईंले ठीक भन्नुभयो, नेपाल बहुसांस्कृतिक समाज भएको देश हो । हामीले सैयौं वर्षदेखि मिलेको बहुसांस्कृतिक समाजको अभ्यास गरिरहेका छौं । अष्ट्रेलियाले पनि यही कुरालाई प्रबद्र्धन गर्दैछ । यसैकारण हामीले एउटै देश तर बहुजातीय, बहुभाषिक देश नेपालमा तपाईंहरुलाई स्वागत छ भन्नका लागि यो स्लोगन राखेका हौं । हामीले हिमालको कथा भन्नु छ, हामीले तराईको गाथा सुनाउनु छ अनि पहाडको मौलिकता पनि प्रबद्र्धन गर्नुछ यसैकारण वन कन्ट्री मेनी स्टोरिज ।

नेपाल फेष्टिभल आयोजना गर्न ठूलो धनराशी पनि खर्च हुन्छ । अघिल्लो वर्षहरुमा आयोजनास्थलकै बुकिंगको लागि करिब एक लाख डलर लाग्थ्यो । यस पटक कस्तो छ बजेट ?

यसअघिका नेपाल फेष्टिभलको आर्थिक विवरण चाहीँ दिन सकिएला । तपाईंले भनेकै जस्तो हो धेरै रकम हामीले भेन्यू बुकिंगमै खर्च गर्नुपर्दथ्यो । यस पटक त्यसरी खर्च गर्नुपर्ने रकमबाट जोगिएको पैसा हामीले कार्यक्रम अझ भव्य बनाउन खर्च गर्दैछौं । सिड्नीको नेपाल फेष्टिभलमा एक लाखदेखि २ लाख डलरको बिचमा खर्च हुने गर्दछ । नेपाल फेष्टिभलमा हुने कारोबार र यसको तयारीका क्रममा हुने विभिन्न गतिविधिको हिसाब गर्ने हो भने त यो एक मिलियन डलरकै हराहारीको कार्यक्रम हो । यसले अष्ट्रेलियाको ईकोनोमीमा पनि योगदान दिन्छ भने अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको मान्यतालाई टेवा दिन्छ । अर्कोतर्फ यसले नेपाल र नेपालीलाई एकताबद्ध मात्र बनाउँदैन । नेपालको पर्यटन प्रबद्र्धनमा पनि महत्वपूर्ण योगदान दिने गर्दछ । यसकारण आर्थिक पाटोलाई पारदर्शी राख्दछौं । तर, कति खर्च भयो कति आम्दानी भयो भन्ने कुराभन्दा पनि यसले दिने योगदानलाई हामीले केन्द्रमा राख्ने गरेका छौं ।

स्पोन्सरहरुको कुरा गर्दा नेपाली मात्र नभएर हामीले अन्य मल्टिनेशनल या भनौं अष्ट्रेलियाका स्थानीय प्रायोजक पनि देखेका छौं । उनीहरुलाई कसरी आकर्षित गर्न सकियो ?

ठीक भन्नुभयो । हामीले यस पटक कर्पोरेट पार्टनरको रुपमा कमनवेल्थ बैंकलाई भित्र्याएका छौं । यसैगरी एसविएस पनि पार्टनरका रुपमा आएको छ भने वेष्टर्न युनियन मनी ट्रान्सफर पनि पहिलो पटक नेपाल फेष्टिभलमा सहभागी हुँदैछ । यति मात्र होइन हामीले त क्वीन्सफोर्ड कलेज जो अष्ट्रेलियन कलेज हो यद्यपि यसमा नेपालीमूलका अष्ट्रेलियन साथीहरुको लगानी छ त्यस्तै मार्की होम्स, एक्सपर्ट एजुकेशन, अजी फाईनान्स एण्ड होम लोन्स, सफायर रियल स्टेट लगायत सबैलाई नै उत्तिकै महत्व दिएका छौं । तैपनि नेपाली बाहेक अन्यको लगानीमा रहेका विजनेस हाउसहरुले पनि नेपाल फेष्टिभललाई महत्व दिएर यसमा आउनु हामी सबैका लागि खुशीको कुरा हो । यही सञ्चारमाध्यमबाट म नेपाल फेष्टिभल २०२२ सिड्नीको मुख्य प्रायोजक क्वीन्सफोर्ड कलेजसहित मल्टिकल्चरल न्यूसाउथवेल्स, नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्स, नेपाल पर्यटन बोर्ड, मार्की होम्स, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज लगायत सबैमा आभार व्यक्त गर्दछु ।

अन्त्यमा केही भन्नुहुन्छ ?

सबैजनालाई नोभेम्बर १९ तारिख बरउड पार्कमा निम्तो गर्न चाहन्छु । सिड्नीमा हुने तपाईंहरु सबैजनाले बिदा मिलाउनु होला । सहभागी हुनुपर्छ । अन्य राज्यबाट यहाँ आउने साथीहरुलाई स्वगत गर्न चाहन्छा्रैं । सिड्नीको यस पटकको नेपाल फेष्टिभल अविस्मरणीय हुनेछ । मन मगन भएर दिपक बज्राचार्य र उहाँको व्याण्डसँग झुम्ने मात्र होइन दिनभरि नै हुने विविध सांस्कृतिक प्रस्तुतिमा रम्न अनि नेपाली स्वादिलो खानाका परिकारहरुको मज्जा लिन पनि तपाईं आफ्नो अष्ट्रेलियन साथीलाई लिएर नेपाल फेष्टिभल सिड्नीमा आइदिनु होला । अहिलेका चर्चित गायक प्रकाश सपुतले पनि हामीलाई लोक दोहोरी गीतको माध्यमबाट मनोरञ्जन दिनेछन् । हामी तपाईंहरुलाई स्वागत गर्न आतुर छौं ।