रवि लामिछानेको पार्टी जुट्यो विस्तारित बैठकमा, महाधिवेशनबारे निर्णय गर्ने

रवि लामिछानेको पार्टी जुट्यो विस्तारित बैठकमा, महाधिवेशनबारे निर्णय गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयवस्तुका साथै आगामी पहिलो अधिवेशनका विषयमा छलफल हुनेछ ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक संरचनाको प्रस्तावना पेस गर्ने तयारी छ ।

बैठकमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षरको प्रतिवेदन प्रस्तुत दीपक बोहराले गर्ने तयारी छ । वैकल्पिक शक्तिहरुसँग हुनसक्ने सम्भावित सहकार्यका लागि पार्टीको म्यान्डेट लिएर कार्यवाहक सभापति डिपी अर्यालले पार्टीलाई अघि बढाउनेछन् ।