अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजन गरेको छ । गत अगष्ट २७ र २८मा सम्पन्न पाचौ अधिवेशनबाट निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले सचिवालय, राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु तोकिएको प्रचार विभाग प्रमुख अशिम कोइरालाले बताएका छन् ।
प्रमुख कोइरालाका अनुसार मञ्चका पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थी नियुक्त भएका छन् । यसैगरि सचिवालय समेत गठन गरिएको छ । जसमा अध्यक्ष केशव जोशी, उपाध्यक्षहरु राम घिमिरे, बालगोपाल उपाध्याय, चिन बहादुर नेपाली सचिव प्रकाश पन्थी, उप सचिवहरु होम नाथ निरौला, हेम खनाल, अशिम कोईराला, आर्थिक विभाग प्रमुख दिपक पहारी र सदस्यहरु सिता केशी, भुवन पाण्डे, विएन मण्डल रहेका छन् । भने राज्य कमिटीको इन्चार्जमा न्यु साउथ वेल्स- राम घिमिरे, कुइन्सल्याण्ड- चिन बहादुर नेपाली, साउथ अष्ट्रेलिया- बालगोपाल उपाध्याय, वेस्टन अष्ट्रेलिया- होम नाथ निरौला, भिक्टोरिया- हेम खनाल, तास्मानिया- सुजन लामिछाने, नर्दन टेरोटेरी- भवानी पौडेल, अष्ट्रेलियन क्यापिटल टेरोटेरी- किशोर भण्डारी तोकिएको छ |
बैठकले ११ बटा विभिन्न विभागहरु गठन समेत गरेको छ । जसमा प्रचार विभाग प्रमुख अशिम कोइराला उप प्रमुख प्रेम प्रकाश शाही संगठन विभाग प्रमुख बालगोपाल उपाध्याय , उप प्रमुख कृष्ण सापकोटा, महिला विभाग प्रमुख सिता केशी थापा युवा विभाग प्रमुख भुवन पाण्डे, उप प्रमुख विशाल राना मगर, उद्यमशीलता बिभाग प्रमुख बिजय फुयाल, ज्ञान तथा सिप बिभाग प्रमुख किशोर भण्डारी उप प्रमुख विएन मण्डल, सामाजिक संघ संस्था विभाग प्रमुख केशब जोशी, सामाजिक कल्याण बिभाग प्रमुख नरविर नेम्वाङ्ग, उप प्रमुख नारायण बस्नेत, आर्थिक विभाग प्रमुख दिपक पहारी, उप प्रमुख दिनेश पाण्डे, खेलकुद विभाग प्रमुख दिनेश पाण्डे उप प्रमुख प्रभात मगर, पर्यटन प्रबर्धन बिभाग प्रमुख सुर्य मोहन शर्मा, उप प्रमुख प्रकाश पौडेल रहेका छन् ।
प्रचार प्रमुख कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार सल्लाहकार समितिको अध्यक्षमा डा. जगदिश तिमिल्सिना र सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा.हेमाङ्ग शर्मा, डा. राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठको बिषेश आतिथ्य, ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेलको आतिथ्यमा भएको बैठकले पाचौ अधिवेशनको समिक्षा गर्दै अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको त्यसलाइ सफल बनाउन भुमिका खेल्ने सबैमा धन्यवाद तथा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सहित सम्पुर्ण अतिथिहरुमा आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया