‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को टाइटल स्पोन्सरमा आरजिआइटी र केबिए ग्लोबल

‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को टाइटल स्पोन्सरमा आरजिआइटी र केबिए ग्लोबल


तास्मानिया । ‘नेपाल फेस्टिभल तास्मनिया २०२२’ हुने भएको छ। गैर आवसीय नेपाली संघ (एनआरएन) तास्मनीयाको आयोजनामा नोभेम्बर ६ तारिखमा होबार्ट हुने लागेको हो।

उक्त कार्यक्रमको टाइटल स्पोन्सरका लागि आज (सोमबार) एनआरएन तास्मनिया, आरजिआइटी अष्ट्रेलिया र केभिए ग्लोबलबीच समझौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा आरजिआइटीका तर्फबाट अनिल श्रेष्ठ, केबिए ग्लोबलका तर्फबाट सम्भु कँडेल र एनआरएनको तर्फबाट तास्मनियाका कार्यक्रममा एनआरएन तास्मनियाका कोअर्डिनेटर राकेश शाक्य हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा एनआरएन तास्मनियाका कोअर्डिनेटर शाक्यले नेपाल फेस्टिभलमा टाइटल स्पोन्सरको रूपमा सहयोग गरेको धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको बताए।

त्यस्तै, आरजिआइटी अष्ट्रेलियाका अनिल श्रेष्ठले तास्मानियामा नेपाली गतिविधि हुँदा सँधै सलग्न हुन मन लाग्ने बताउँदै यसपालि स्पोन्सर बन्ने मौका दिएकोमा आयोजकलाइ धन्यवाद दिए।

त्यसैगरी, केबिए ग्लोबल एजुकेशन, माइग्रेसन एण्ड एजुकेशनका सिइओ शम्भु कडेलले तास्मानियामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिभलमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताए।