बिकाश भुसाल, सिड्नी
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा अवस्थित तमु समाज सिड्नीले आज ४ जनवरी २०२५ शनिबारका दिन ल्होछार २०२५ को आयोजना गर्दैछ । सन् १९९६ मा स्थापना भएको संस्थाले सिड्नीमा विशेषगरी गुरुङ र लामा संस्कृतिलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरामा निरन्तर काम गरिरहेको छ । शनिबारको दिन कार्यक्रम हर्स्टभिलको माराना अडिटोरियममा हुनेछ ।
साँझ ५ बजेदेखि १० बजेसम्म कार्यक्रम चल्नेछ । तमु समाज सिड्नीका अध्यक्ष हिऊंपती गुरुङ्गका अनुसार लामा गुरुहरुबाट गिद्ध वर्गको बिधाई र सर्प वर्गको आगमनको लागी सांस्कृतीक पुजाका साथ कार्यक्रमको आरम्भ गरिने छ । यसका साथै पुजा सकिएपछि केही औपचारिक कार्यक्रम हुने भएपनि साँझ ७ बजेदेखि साढे ८ बजेसम्म सांस्कृतिक कार्यक्रममा दर्शक झुम्न पाउनेछन् ।
तमु समाज सिड्नीको सम्पूर्ण टिमले सबैलाई साथ दिन र रमाइलो गर्न अनुरोध गरेको छ । टिकटका लागि तलको लींकमा क्लीक गर्न सकिनेछ।
प्रतिक्रिया