प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले गर्यो तास्मानियामा एक दिने योग प्रशिक्षण कार्यक्रम

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले गर्यो तास्मानियामा एक दिने योग प्रशिक्षण कार्यक्रम


तास्मानिया, अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया (ओएनएफ)ले तास्मायिनयामा मंगलबार एक दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। हाइ हिमालयनको सहकार्यमा भएको उक्त कार्यक्रम नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष रोजिना ताम्राकार, ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य बीएन मण्डल र ओएनफ अष्ट्रेलियाका केन्द्रीय सदस्य तथा तास्मानिया इन्चार्ज सुजन लामिछानेले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए। 

३० जना बढीले सहभागिता जनाएको उक्त कार्यक्रममा पतञ्जलि योग शिविरबाट प्रशिक्षित योग गुरुहरू खडानन्द सापकोटा र श्रीमती पार्वती सापकोटाले प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा बोल्दै ओएनएफ तास्मानियाका अध्यक्ष मुगेन गौतमले समुदायको भलाइका लागि प्रवासी नेपाली मञ्चले निरन्तर काम गरिरहेको बताए। उनले शारीरिक तथा मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण भएकोले समाजको समस्यालाई सम्बोधन गर्दै योग प्रशिक्षण कार्यक्रम गरेको बताएका थिए। ओएनएफ तास्मानियाले नेपाली समाजमा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको महत्वलाई बुझेर योग कार्यक्रम र मानसिक स्वास्थ्य फर्स्ट एड तालिमहरू आयोजना गर्दै आएको उनको भनाइ थियो। 

टिर्जन फोटो ग्राफी र डाँफे फंसन सेन्टरले साथ दिएको उक्त कार्यक्रमको समन्वय के राज खनालले गरेका थिए। 

तस्बिरः टिर्जन फोटो ग्राफी