काठमाडौं ।
निर्माणको तयारीमा रहेको फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशन रहने फिल्मका लागि जितु र निर्माण पक्षबीच शुक्रबार कागजी सम्झौता भएको छ।
यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन्। फिल्ममा राजिब गुरुङ ‘दीपक मनाङ्गे’ प्रस्तुतकर्ता छन्। जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू उत्साहित भएको बताए। ‘फिल्म ‘ज्वाइँ साब’को सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो मेरा लागि अझ खुशीको कुरा हो’, उनले भने।
यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले ‘कङ्गारु’ सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने बताए। लोकेसन हेर्नका लागि अष्ट्रेलियामा रहेका निर्देशक बस्नेतले यसै हप्ता नायिका फाइनल गरेसँगै छायांकनमा जाने बताए। ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिनेछ।
निर्देशक बस्नेतले स्क्रिप्टमा दुई वर्ष समय लागेकाले नयाँ कथा दर्शकले पाउने दाबी गरे। यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन्।
फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन्। फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञवाली ९अष्ट्रेलिया० रहेका छन्। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ।
फिल्ममा सीमा गुरुङको कथा रहेका छ । फिल्मका छायाँकार सुशन प्रजापति हुन् । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।
प्रतिक्रिया