कुशलले लिए दक्षिण अफ्रिकाको दुई विकेट

कुशलले लिए दक्षिण अफ्रिकाको दुई विकेट


काठमाडौँ ।

कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दोस्रो र तेस्रो विकेट लिएका छन्। १२ औं ओभरको दोस्रो बलमा भुर्तेलले दक्षिण अफ्रिकाका कप्तान एडन मारक्रमलाई आउट बनाए।​ मारक्रम १५ रन बनाएर आउट भएका छन्।

यस्तै १४ औँ ओभरमा हेनरिक क्लासनलाई आउट गरे। उनी ३ रन बनाएर पेभिलियन फर्किए।

यसअघि दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको पहिलो विकेट लिएका थिए। दक्षिण अफ्रिकाका क्विन्टन डी कक चौथो ओभरको चौथो बलमा आउट भएका हुन्।