चर्चामा ‘अष्ट्रेलियाको टोनु दाई’ गीत, के हो भित्री कथा ? (भिडियोसहित)

चर्चामा ‘अष्ट्रेलियाको टोनु दाई’ गीत, के हो भित्री कथा ? (भिडियोसहित)


मेलबर्न अष्ट्रेलिया ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच यसलाई अष्ट्रेलिया र नेपालमा एकसाथ रिलिज गरिएको हो । गायक प्रमोद निर्वाणकै शब्द तथा संगीत रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सोमबार हाईलाईट नेपालको अफिसियल युट्युब च्यानल सार्वजनिक गरिएको छ भने सोमबार साँझ म्युजिक भिडियो सार्वजनिक गर्न एक विशेष जमघट आयोजना गरिएको थियो । स्थानीय कोबर्गमा आयोजित कार्यक्रममा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु, युवा जमात उपस्थित थियो ।

पेशाले वकिल, सामाजिक सेवामा अग्रसर, एनआरएनको अभियन्ता टोनु घोतानेको जीवनीमा आधारित म्युजिक भिडियोको प्रस्तुतिपछि उपस्थित धेरैले एउटा नयाँ प्रयोग भएको प्रतिक्रिया दिए । कसरी बन्यो त म्युजिक भिडियो ? घोताने भन्छन् “प्रमोद भाईलाई मैले वाङगराटा गएको बेलामा भेटेको थिएँ । त्यहाँ हामीले नेपाली समूदायको लागि कानूनी परामर्श निशुल्क दिने शिविर चलाएका थियौं । यसरी आवश्यक परेका नेपालीलाई गरेको सहयोगको बारेमा म केही लेख्छु भन्दै भाई पछि मलाई भेट्न आउनुभयो । त्यहीँबाट गीत बनाउने योजना बनेको थियो ।” म्युजिक भिडियोमा बाल्यकालमा भकभकाउने समस्या हुँदाहुँदै पनि वकिल बन्ने लक्ष्य राखेर अघि बढेको किशोरले प्राप्त गरेको सफलता चित्रित छ ।

गीत रक जनरामा गाइएको छ । युवराज वाईबाले निर्देशन गरेको भिडियोमा टोनु घाताने र इशान गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा टनु घातानेको जीवनका उतारचढाव र कर्मप्रतिको निरन्तरता देखाउन खोजिएको छ । निशान पौडेल (नेपाल) र जीवन रसाइली (अष्ट्रेलिया)ले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

यस्तो छ गीतका शब्दहरु –

आफ्नै पारा आफ्नै तरीका,
अरुको सेवा गर्ने परीश्रमि र मेहनती,
काममा मरी मेट्ने बिना स्वार्थ समस्या हल गर्ने
सत्य कानूनमा अगाडी बड्ने समस्या बुझ्छन् गांउ शहर गई
आयो है…..आस्ट्रेलियाको टोनु दाई..टोनु दाई..टोनु दाई आयो है…..
आस्ट्रेलियाको टोनु दाई..टोनु दाई..
न निन्द्रा अनी भोक, न कुनै ठुलो सोक
दियो उसलाई ठुलै चोट,दिएन उस्ले दोष
बिछोडले प्रेरणा दियो..उसलाई अगाडी बढे यसरी
आफ्नै हृदय जलाई मन भित्र भित्रै धेरै भिंडे
केही गर्छु भनी एक्लै हिंडे आयो है…..
आस्ट्रेलियाको टोनु दाई..टोनु दाई..टोनु दाई आयो है…..
आस्ट्रेलियाको टोनु दाई..टोनु दाई..
हार मानेन कहिले, ऊ नेपाली छोरो
आतिएन कहीले ,मातिएन उसको मन
एक्लोपनले धेरै कुरा सिकाईदियो उसलाई
गरी प्रयास अगाडी बडे सम्झाए आफैलाई
मन भित्र भित्रै धेरै भिंडे केही गर्छु भनी एक्लै हिंडे
आयो है…..आस्ट्रेलियाको टोनु दाई..टोनु दाई..टोनु दाई..टोनु दाई..टोनु दाई..!