‘आउट ल : दफा २१९’को फस्लटुकमा रिसाहा सुशील

‘आउट ल : दफा २१९’को फस्लटुकमा रिसाहा सुशील


काठमाडौं ।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको छ। फस्टलुकमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठलाई एक्सन रिसाहा अवतारमा देखाइएको छ। सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन्।

अमित अग्रहरिको निर्माण रहेको फिल्म असोज ३ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुनेछ। विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्मा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनको पनि अभिनय छ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता छन्। नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ।

चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन्। विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ। फिल्म देशभर डीसीएनले वितरण गर्नेछ।