‘सन्दीप लामिछानेलाई भिसा दिलाउन प्रयास गरेकै हो’

‘सन्दीप लामिछानेलाई भिसा दिलाउन प्रयास गरेकै हो’


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जनाएको छ।

दोस्रो पटक लामछिानेको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै कूटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नदिएको बताएका हुन्।

उनले भनेका छन् ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुaन लागेको आइसीसी टी–२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघसाथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं।’

बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका लामछिानेलाई उच्च अदालतले सफाइ दिएको थियो। उनले सफाइ पाउनुअघि नै नेपाली राष्ट्रिय टिम अमेरिका प्रस्थान गरिसकेको थियो। उनले सफाइ पाएपछि हतार हतार उनलाई टिममा सहभागी गराउन क्यानले सक्रियता देखाएको थियो।